एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न : ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न : ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा असोज १४ गते सफलतापूर्वक सम्पन्न भएको छ। सभाले शेयरधनीहरूका लागि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पारित प्रस्तावअनुसार बैंकले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्नेछ।

बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्तावसमेत साधारण सभाले पारित गरेको छ।

यसैगरी, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ।

साथै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।

असोज १४, २०८३ बुधबार २२:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।