लक्ष्मी ल्युब आयलद्वारा ५ शहरमा ‘मेकानिक मिट’ सम्पन्न, ७०० बढी सहभागी
काठमाडौं : ‘टोटल इनर्जिज’ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले देशका पाँच प्रमुख शहरमा ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ सम्पन्न गरेको छ।
अटोमोटिभ क्षेत्रका प्राविधिक तथा व्यवसायीसँगको सम्बन्ध सुदृढ बनाउन र प्राविधिक ज्ञान बाँड्ने उद्देश्यले आयोजित कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा ग्यारेज मेकानिक सहभागी भएका छन्। कम्पनीका अनुसार बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा सवारीसाधनको इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिस अनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्ने तरिकालगायत विषयमा प्राविधिक जानकारी आदानप्रदान गरिएको थियो।
साथै, सहभागीहरूले लुब्रिकेन्ट प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा बजारको अवस्थाबारे प्रतिक्रिया साझा गरेका थिए।
कम्पनीले ‘ग्यारेज चौतारी’ अभियानमार्फत अटोमोटिभ प्राविधिकहरूलाई नियमित रूपमा सीप र ज्ञान प्रदान गर्दै आएको छ। यी पाँच शहरको सफलतापछि आगामी दिनमा देशका अन्य प्रमुख शहरहरूमा पनि यस्तै अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने लक्ष्मी ल्युब आयलले जनाएको छ।
असोज १४, २०८३ बुधबार २२:०५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।