बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट नियुक्त

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट नियुक्त

काठमाडौं : बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल ‘पल्सर एनएस’ (Pulsar NS) सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँटलाई नियुक्त गरेको छ।

शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप मजबुत बनाउने उद्देश्य कम्पनीले लिएको छ।

‘र पावर मिट्स र पावर’ भन्ने मूल अवधारणामा आधारित यो साझेदारीले ढाँटको ऊर्जावान् व्यक्तित्व र पल्सरको आक्रामक पर्फर्मेन्सबीचको समानतालाई प्रस्तुत गर्ने बताइएको छ।

ढाँटको प्रभावशाली व्यक्तित्व पल्सरको ‘मस्कुलर स्ट्रिटफाइटर’ डिजाइन र पावरसँग मेल खाने कम्पनीको भनाइ छ।

यस सहकार्यले विशेषगरी युवा तथा पर्फर्मेन्स मोटरसाइकल रुचाउने राइडरहरूसँग ब्रान्डको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास लिइएको छ।

कम्पनीका अनुसार अब ढाँट पल्सर एनएसका आगामी विभिन्न ब्रान्ड क्याम्पेन, विज्ञापन तथा उपभोक्ता संलग्नताका गतिविधिहरूमा देखिनेछन्।

दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको ब्रान्ड व्यक्तित्वलाई थप स्पष्ट र विशिष्ट बनाउन सहयोग पुग्ने बजाजले जनाएको छ।

असोज १४, २०८३ बुधबार २२:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।