भोटेकोशी बाढीपीडितका लागि न्यूयोर्कका उपल्लो मुस्ताङवासीको १ लाख डलर सहयोग
काठमाडौं : अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका उपल्लो मुस्ताङका बासिन्दाहरूले भोटेकोशी तथा त्रिशूली बाढीपीडितको लागि एक लाख चार हजार ६८८ अमेरिकी डलर सहयोग गरेका छन्।
न्यूयोर्कको वुडसाइडस्थित सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा वायर ट्रान्सफरमार्फत पठाइएको छ।
मातृभूमिमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा साथ दिनु प्रवासी नेपालीहरूको साझा दायित्व रहेको लो-न्यामशिप एशोसिएसनले जनाएको छ।
सन् २०१४ मा स्थापना भएको लो-न्यामशिप एशोसिएसन यूएसए इंकले अमेरिकामा उपल्लो मुस्ताङी समुदायको सांस्कृतिक जगेर्ना र सामाजिक एकताका क्षेत्रमा कार्य गर्दै आएको छ।
असोज १४, २०८३ बुधबार १६:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।