४.८२ अंक घट्यो सेयर बजार, ४ अर्ब ७६ करोडको कारोबार
काठमाडौं : बुधबार पनि सेयर बजार घटेको छ। सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
अघिल्लो दिन ९.६२ अंक घटेको नेप्से परिसूचक यसदिन ४.८२ अंक घटेर २५९८ विन्दुमा कायम भयो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। अघिल्लो दिन चार अर्ब ६५ करोडको कारोबार भएकोमा आज चार अर्ब ७६ करोड भयो।
आज १०९ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
जलविद्युत् ०.०१ र व्यापार १.१८ प्रतिशत बढे। बैंकिङ ०.३८, विकास बैंक ०.५०, फाइनान्स ०.३३, होटल तथा पर्यटन ०.५४, लगानी ०.१९, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०३, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.२२ प्रतिशत घटे।
सिन्धु विकास बैंकको मूल्य १४.३७ प्रतिशतले बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रो, मन्जुश्री फाइनान्स, शिवम् सिमेन्ट र सिद्धार्थ बैंक छन्।
असोज १४, २०८३ बुधबार १५:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।