सुजुकीको दशैं-तिहार अफर ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक
काठमाडौं : सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले नजिकिँदै गरेको दशैं-तिहारलाई लक्षित गर्दै ‘उत्सव नयाँ, राइड नयाँ’ नामक अफर सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकलाई आर्थिक सहजता प्रदान गर्न नगद छुट वा एक्सचेन्ज बोनसका साथै शून्य प्रतिशत ब्याजदर वा ३६ महिनासम्मको कम ईएमआईको फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको छ।
फाइनान्स सुविधा लिन नेपाली नागरिकता अनिवार्य हुनुपर्ने र यसमा कम्पनीका सर्तहरू लागू हुने बताइएको छ।
यो अफर सुजुकीका लोकप्रिय मोडलहरू- भि-स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ मा लागू हुनेछ।
चाडपर्वमा ग्राहकलाई सहज रूपमा नयाँ सवारीसाधन खरिद गर्ने अवसर दिन ल्याइएको यो योजना देशभर रहेका सुजुकीका सबै आधिकारिक डिलरहरूमा लागू भइसकेको कम्पनीले जनाएको छ।
असोज १४, २०८३ बुधबार ११:१०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।