२८ सय बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

२८ सय बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। 

मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ।

मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार २५ रूपैयाँमा किनबेच भइरहेको छ। 

असोज १४, २०८३ बुधबार ११:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।