भृकुटीमण्डपमा जारी जगदम्बा मोटर्सको ‘अचम्मैको महा एक्सचेन्ज’ मेलामा टीभीएसका दुई नयाँ सवारी सार्वजनिक

भृकुटीमण्डपमा जारी जगदम्बा मोटर्सको ‘अचम्मैको महा एक्सचेन्ज’ मेलामा टीभीएसका दुई नयाँ सवारी सार्वजनिक

काठमाडौं : नेपालमा टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा जारी ‘अचम्मैको महा एक्सचेन्ज’ मेलामा दुई नयाँ सवारी साधन सार्वजनिक गरेको छ।

चाडपर्वलाई लक्षित गर्दै जगदम्बा मोटर्सले मेलामा ‘टीभीएस एनटर्क १५०’ स्कुटर र ‘टीभीएस अपाचे आरटीआर २०० ४भी (प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी)’ मोटरसाइकल सार्वजनिक गरेको हो।

एनटर्क १५० को मूल्य तीन लाख ६९ हजार रुपैयाँ तथा अपाचे आरटीआर २०० ४भी'को मूल्य चार लाख ५९ हजार रुपैयाँ तोकिएको छ। अपाचे आरटीआर २०० ४भी मा प्रोजेक्टर हेडल्याम्प र अपसाइड-डाउन (यूएसडी) फ्रन्ट फोर्क जडान गरिएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध छ।

आगामी ४ अक्टोबरसम्म बिहान १० बजेदेखि सञ्चालन हुने मेलामा जुनसुकै पुराना दुई पाङ्ग्रे सवारी साटेर नयाँ टीभीएस खरिद गर्न सकिनेछ। मेलामा शतप्रतिशतसम्म क्यासब्याक वा १० लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर, ५० भन्दा बढी भ्यालुएटरमार्फत उच्चतम मूल्याङ्कनको सुनिश्चितता, दैनिक दुई जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस तथा तत्काल फाइनान्स सुविधा उपलब्ध गराइएको जगदम्बा मोटर्सले जनाएको छ।

असोज १३, २०८३ मंगलबार २०:११:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।