इसेवाबाट किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने, ‘बाइ नाउ, पे लेटर’ सेवा सुरु

इसेवाबाट किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने, ‘बाइ नाउ, पे लेटर’ सेवा सुरु

काठमाडौं : इसेवाले 'बाइ नाउ, पे लेटर' सेवा सार्वजनिक गरेको छ। यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा एपबाटै किस्ताबन्दीमा ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्।

यसका लागि इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ। 

यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत बाइ नाउ, पे लेटर सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।

सम्झौताअनुसार रिलायन्स फाइनान्सले ९.९९ प्रतिशत वार्षिक ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ। उक्त ऋण रकम ग्राहकहरूले अधिकतम ३६ महिना सम्मको सहज मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्।

इसेवाका अनुसार ग्राहकले बाइ नाउ, पे लेटर सुविधाका लागि इसेवा एपबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्।

यस साझेदारीले विद्युतीय सवारी साधनको पहुँचलाई सहज बनाउँदै वातावरणीय प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन र देशमा डिजिटल अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने इसेवाले विश्वास व्यक्त गरेको छ।​​​​​​​

असोज १३, २०८३ मंगलबार १८:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।