ऊर्जा क्षेत्रलाई एउटै मञ्चमा जोड्दै लिट्मस, एचटीएलएस र एल–५९ कन्डक्टर सार्वजनिक

ऊर्जा क्षेत्रलाई एउटै मञ्चमा जोड्दै लिट्मस, एचटीएलएस र एल–५९ कन्डक्टर सार्वजनिक

काठमाडौं : ऊर्जा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ लिट्मस इन्डस्ट्रिज लिमिटेडले पहिलो पटक काठमाडौंमा ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। 

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा दुई नयाँ कन्डक्टर प्रविधि ‘एचटीएलएस’ र ‘एल-५९’ सार्वजनिक गरिएको छ। जसले देशको प्रसारण तथा वितरण प्रणालीमा विकसित हुँदै गएका प्राविधिक आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुर्याउने लिट्मसले जनाएको छ।

कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्शदाता तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) लगायतका क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जहाँ नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका बदलिँदा आवश्यकता, प्रसारण तथा वितरण पूर्वाधारको सुदृढीकरण, प्रविधिको विकास र गुणस्तरीय उत्पादनबारे छलफल भएको थियो।

लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले मुलुकमा भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माण गर्न ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी र परामर्शदाताबीच बलियो सहकार्य अपरिहार्य रहेको बताए। रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापित लिट्मस इन्डस्ट्रिजले लामो समयदेखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै पूर्वाधार र ऊर्जा क्षेत्रमा आपूर्ति गरिरहेको छ।

असोज १३, २०८३ मंगलबार १६:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।