९ अंक घट्यो सेयर बजार, ४ अर्ब ६५ करोडको कारोबार
काठमाडौं : मंगलबार पनि सेयर बजार घटेको छ। यसदिन नेप्से परिसूचक ९.६२ अंक घटेर २६०३ विन्दुमा कायम भयो।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन पाँच अर्ब ३८ करोडको कारोबार भएकोमा आज चार अर्ब ६५ करोड भयो।
आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढे। बाँकी सबै समूहका उपपूचक भने घटेका छन्। व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो। बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।
असोज १३, २०८३ मंगलबार १५:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।