दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा तीन हजार आठ सय र चाँदीको एक सय १५ रूपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार रूपैयाँ घटेको थियो।

यस्तै, सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज चार हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

असोज १३, २०८३ मंगलबार ११:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।