सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग

सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग

सिरहा : शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

कम्पनीले जिल्लाको कर्जन्हा र मिर्चैया नगरपालिकाभित्र सञ्चालित नौवटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई कापी, कलम लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो।

साथै, विद्यालयहरूको आवश्यकतालाई ध्यानमा राखी पिउने पानीका लागि फिल्टर र जगसमेत उपलब्ध गराइएको छ।

सामग्री वितरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै स्थानीय शैक्षिक आवश्यकता र समस्याबारे जानकारी लिएका थिए।

स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने शौर्य सिमेन्टले जनाएको छ।

असोज १३, २०८३ मंगलबार ०९:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।