शाओमीको चाडपर्व अफर : मोबाइल किन्दा दैनिक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसर

शाओमीको चाडपर्व अफर : मोबाइल किन्दा दैनिक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौं : शाओमी नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ।

मंसिर ९ गतेसम्म चल्ने यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्न सक्नेछन्।

योजनाअनुसार लक्की ड्रमार्फत हरेक दिन ८ जना विजेताले ‘रेडमी बड्स ६ प्ले’ र हरेक साता १० जनाले ‘रेडमी वाच ५ एक्टिभ’ प्राप्त गर्नेछन्।

त्यस्तै, बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली ग्राहकले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुनका लागि ग्राहकले नयाँ फोन खरिद गरी त्यसको आइएमईआई (IMEI) नम्बर कम्पनीको ह्वाट्सएप नम्बर (+९७७ ९७०२६६५७९०) मा पठाउनुपर्नेछ।

विजेताहरूको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ।

असोज १३, २०८३ मंगलबार ०९:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।