लिट्मस इन्डस्ट्रिजद्वारा पहिलोपटक ‘पावर पार्टनर्स मिट’ आयोजना, दुई नयाँ कन्डक्टर सार्वजनिक
काठमाडौं : तार तथा केबल उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले काठमाडौँमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती र अवसरबारे सरोकारवालाहरूबीच बृहत् छलफल भएको थियो।
कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, ईपीसी कम्पनी, परामर्शदाता तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का प्रतिनिधिहरूको सहभागिता थियो।
सोही अवसरमा लिट्मस इन्डस्ट्रिजले प्रसारण तथा वितरण प्रणालीलाई सुदृढ बनाउन सघाउ पुर्याउने दुई नयाँ प्रविधियुक्त कन्डक्टरहरू ‘एचटीएलएस’ र ‘एएल-५९’नेपाली बजारमा सार्वजनिक गरेको छ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले मुलुकमा भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता र प्राविधिक क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताए।
रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापित लिट्मस इन्डस्ट्रिज लामो समयदेखि तार, केबल र कन्डक्टर उत्पादनमा सक्रिय रहँदै आएको छ।
असोज १३, २०८३ मंगलबार ०९:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।