सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित
काठमाडौं : सानिमा बैंकको २२औँ वार्षिक साधारण सभाले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष टुकप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयर पुँजीको १० प्रतिशत र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको हो।
सभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन्।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।
असोज १२, २०८३ सोमबार २०:१२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।