धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालन
काठमाडौं : नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले कैलालीको धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
शोरुम उद्घाटन गर्दै डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले देशभर सेवा विस्तार गर्ने योजनाअनुसार धनगढीमा आधिकारिक बिक्री तथा सेवा केन्द्र सुरु गरिएको बताए।
कम्पनीका अनुसार उक्त शोरुमबाट हालै नाडा अटो शोमा सार्वजनिक गरिएको १७५ सिसी क्षमताको ‘अप्रिलिया एसआर १७५’ तथा नयाँ रङ (लाइल्याक र ओरो गोल्डेन) का भेस्पा स्कुटरहरू उपलब्ध हुनेछन्।
असोज १२, २०८३ सोमबार १९:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।