विद्यालयको शैक्षिक पूर्वाधार सुधारमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य
काठमाडौं : सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आधारभूत शिक्षा तथा पूर्वाधार विकासमा सहकार्य गर्ने उद्देश्यसहित महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट-३२९२ आधारभूत शिक्षा तथा साक्षरता समितिबीच एक सम्झौता भएको छ।
सम्झौताअनुरूप रोटरी क्लबहरूमार्फत सामुदायिक विद्यालयहरूमा सञ्चालन शैक्षिक परियोजनाका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराउनेछ।
विद्यालयहरूमा शौचालय निर्माण तथा सुधार, स्वच्छ खानेपानी, सरसफाइसम्बन्धी परियोजना सञ्चालन र कम्प्युटर ल्याब स्थापना लगायतका कार्यहरू गरिनेछ। सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँच विस्तारमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
असोज १२, २०८३ सोमबार १९:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।