अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको शैक्षिक सामग्री सहयोग

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको शैक्षिक सामग्री सहयोग

काठमाडौं : शिवम् सिमेन्ट्सले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता (अपाङ्गता) भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। 

बालबालिकाको अध्ययन तथा दैनिक जीवन सहज बनाउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको शिवम् सिमेन्ट्सले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ।

केन्द्रका पदाधिकारीहरूले उपलब्ध गराइएका सामग्रीले बालबालिकाको अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। समाजमा आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास उनीहरूले व्यक्त गरे।

असोज १२, २०८३ सोमबार १५:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।