१६ अंकले घट्यो नेप्से, ५ अर्ब ३८ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३ विन्दुमा कायम भयो।
नेप्सेसँगै कारोबार पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज पाँच अर्ब ३८ करोडको भयो। यसदिन ५० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
आज व्यापार बाहेक सबै समूहगत उसूचक घटेका छन्। व्यापार ०.२३ प्रतिशत बढ्यो। बैंकिङ ०.१९, विकास बैंक ०.६९, फाइनान्स ०.८५, होटल तथा पर्यटन ०.८७, जलविद्युत् १.०३, लगानी १.१६, जीवन बीमा ०.८३, उत्पादन तथा प्रशोधन ०.३० माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२० र अन्य ०.५९ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, सिद्धार्थ बैंक र एसवाई प्यानल छन्।
असोज १२, २०८३ सोमबार १५:१९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।