जगदम्बा मोटर्सले ल्यायो १५० सिसीको 'टीभीएस एनटर्क १५०'

जगदम्बा मोटर्सले ल्यायो १५० सिसीको 'टीभीएस एनटर्क १५०'

काठमाडौं : टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा १५० सिसी क्षमताको नयाँ स्कुटर ‘टीभीएस एनटर्क १५०’ सार्वजनिक गरेको छ। एनटर्कको प्रारम्भिक मूल्य तीन लाख ६९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

स्कुटरमा १४९.७ सिसी क्षमताको ‘एयर-कुल्ड ओथ्रीसीटेक’ इन्जिन रहेको छ, जसले सात हजार आरपीएममा १३.२ पीएस पावर र साढे पाँच हजार आरपीएममा १४.२ एनएम टर्क दिन्छ। कम्पनीका अनुसार ६.३ सेकेन्डमा ० देखि ६० किमी/घण्टाको गति लिन सक्ने यो स्कुटरको अधिकतम गति १०४ किमी/घण्टा छ।

सुरक्षाका लागि सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल प्रणाली जडान गरिएको यस स्कुटरमा टर्न-बाई-टर्न नेभिगेसन तथा कल/म्यासेज अलर्टसहित ५० भन्दा बढी स्मार्ट सुविधा भएको ‘टिभिएस स्मार्टएक्सकनेक्ट’ प्रविधि समावेश छ। यसमा २२ लिटरको अन्डर-सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन र प्रोजेक्टर हेडल्याम्प पनि उपलब्ध छन्।

स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध यो स्कुटर देशभरका जगदम्बा मोटर्सका आधिकारिक डिलरहरूमार्फत बिक्री सुरु भएको जनाइएको छ।

असोज १२, २०८३ सोमबार १४:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।