सिजीले ल्यायो दशैं-तिहार योजना : भियतनाम भ्रमणदेखि उपकरणको बन्डलसम्म जित्ने मौका

सिजीले ल्यायो दशैं-तिहार योजना : भियतनाम भ्रमणदेखि उपकरणको बन्डलसम्म जित्ने मौका

काठमाडौं : इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गरी स्मार्ट घरायसी उपकरणहरू (एसडीए) मा ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा प्रिमियम ब्रान्ड ‘सिजी मेरिडिया’ का स्मार्ट घरायसी उपकरण खरिद गर्दा लक्की ड्रमार्फत आकर्षक उपहारहरू जित्न सक्नेछन्।

योजनाका मुख्य आकर्षणहरूमा भियतनाम भ्रमण वा मेघौली सेराईको विलासी भ्रमण प्याकेज बम्पर प्याकेजमा पाउन सकिन्छ भने हरेक १५ दिनमा भाग्यशाली ग्राहकलाई कुनै पनि ५ वटा उपकरणहरूको बन्डल उपहार दिइनेछ।

सामान खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्राहकहरू लक्की ड्रमा सजिलै दर्ता हुन सक्नेछन्।

भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू यो योजना देशभरका २२ वटा सिजी डिजिटल, ६ वटा एलजी ब्रान्ड सप, आधिकारिक विक्रेता तथा कम्पनीको वेबसाइटमार्फत उपलब्ध छ।

बिक्रीपछिको सेवालाई छरितो बनाउन कम्पनीले देशभरका ४० वटा सेवा केन्द्र र ‘सीजी केयर्स’एपसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

असोज १२, २०८३ सोमबार १४:०५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।