इसेवाले ल्यायो १० रुपैयाँमै २ लाख ३० हजारको ‘जात्रा केयर’ बीमा

इसेवाले ल्यायो १० रुपैयाँमै २ लाख ३० हजारको ‘जात्रा केयर’ बीमा

काठमाडौं : डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई लक्षित गर्दै मात्र १० रुपैयाँमा ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो योजना असोज ७ देखि १३ गतेसम्म (७ दिन) लागू हुनेछ।

जात्रा तथा भीडभाडका क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा पाउनेछन्।

जसमा दुर्घटना बीमाबापत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताबापत १० हजार रुपैयाँको सुविधा समावेश छ।

यो बीमा योजना जात्रामा सहभागी हुने जो-कोहीले पनि इसेवा एपमार्फत १० रुपैयाँ तिरेर सहजै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

असोज १२, २०८३ सोमबार १३:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।