रिलायन्स फाइनान्समा इन्फोडेभलपर्सको ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली लागू हुने

रिलायन्स फाइनान्समा इन्फोडेभलपर्सको ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली लागू हुने

काठमाडौं : वित्तीय प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली (सीबीएस) कार्यान्वयनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

आफ्नो डिजिटल क्षमता अभिवृद्धि र प्रविधि पूर्वाधारलाई आधुनिक बनाउने उद्देश्यका साथ फाइनान्सले इन्फोडेभलपर्ससँग यो रणनीतिक साझेदारी गरेको हो।

इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ आधुनिक, वेबमा आधारित तथा पूर्ण रूपमा एपीआई इन्टिग्रेटेड कोर बैंकिङ प्लेटफर्म हो।

यसको लचिलो संरचनाका कारण डिजिटल बैंकिङ च्यानलहरू, तेस्रो-पक्षीय एप्लिकेसनहरू तथा विभिन्न भुक्तानी प्रणालीहरूसँग सजिलै अन्तर-आबद्धता गर्न सकिन्छ।

यस प्रणालीको कार्यान्वयनपछि रिलायन्स फाइनान्सको आन्तरिक कार्यप्रणाली थप सुरक्षित र प्रभावकारी बन्ने तथा ग्राहकलाई अझ छिटो, छरितो र सुरक्षित डिजिटल वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास लिइएको छ।

असोज १२, २०८३ सोमबार १३:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।