इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

काठमाडौं : नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्।

गत भदौ ३० गतेको सञ्चालक समिति बैठकको निर्णयानुसार शर्माले असोज १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि कार्यभार सम्हालेका हुन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा लामो नेतृत्वदायी अनुभव सँगाल्नुभएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका विज्ञ हुन्।

यसैबीच, निवर्तमान सीईओ जगदीश खड्काले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन्। २०७९ असोज १२ मा नेतृत्व सम्हालेका खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता १ करोड ४० लाख र मर्चेन्ट सङ्ख्या ६ लाख नाघेको छ।

खड्काको कार्यकालमा दृष्टिविहीन नागरिकका लागि ‘टक ब्याक’ फिचर, नेपाली भाषामा एप सञ्चालन, डिजिटल कर्जा, फाइनान्स ३६० लगायतका थुप्रै नवीन प्रडक्ट तथा सेवाहरू विस्तार भएका छन्।

असोज १२, २०८३ सोमबार १२:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।