तोलामा पाँच हजार घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा पाँच हजार र चाँदीको मूल्य एक सय ४५ रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार तोलामा एक सय ४५ रूपैयाँ घटेको चाँदी चार हजार पाँच सय १० रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
असोज १२, २०८३ सोमबार ११:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।