इसिमोड र एनएमबि बैंकबीच रणनीतिक साझेदारी, हरित वित्त विस्तारमा सहकार्य
काठमाडौं : दिगो तथा जलवायु-अनुकूल विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एनएमबि बैंक र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच रणनीतिक साझेदारीसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
यस सहकार्यअन्तर्गत इसिमोडको क्षेत्रीय अनुसन्धान, विज्ञान, प्रविधि तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ।
जसअनुसार विज्ञानमा आधारित तथ्य र समाधानलाई वित्तीय अवसरहरूसँग जोड्दै हरित वित्त (ग्रिन फाइनान्सिङ) विस्तार गर्ने र दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य लिइएको छ।
दुवै संस्थाले वातावरण संरक्षण, स्रोतसाधनको जिम्मेवार व्यवस्थापन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्न सकिने दिगो परियोजना र लगानीका सम्भावित क्षेत्र पहिचान गर्न सहकार्य गर्ने जनाएका छन्।
असोज ११, २०८३ आइतबार १४:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।