होन्डा गाडी खरिदमा एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन

होन्डा गाडी खरिदमा एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन

काठमाडौं : नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण सवारी कर्जा (अटो लोन) उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकले नयाँ होन्डा गाडी खरिद गर्न चाहनेहरूलाई प्रतिस्पर्धी ब्याजदरमा सहज वित्तीय सुविधा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र बैंकले कर्जा प्रवाह प्रक्रिया पूरा गरिने जनाइएको छ।

होन्डाका ‘सीआर-भी’, ‘सिटी इ:एचईभी’, ‘फिफ्थ जेन सिटी’ र ‘एलिभेट’ लगायतका मोडलहरू खरिदमा यो सुविधा लागू हुनेछ। 

असोज ११, २०८३ आइतबार १४:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।