हिमालयन बैंक र स्मार्ट च्वाइसबीच ‘स्मार्टपे आइबिएफटी’ सम्झौता

हिमालयन बैंक र स्मार्ट च्वाइसबीच ‘स्मार्टपे आइबिएफटी’ सम्झौता

काठमाडौं : हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) बीच ‘स्मार्टपे आइबिएफटी’ (इन्टर बैंक फन्ड ट्रान्सफर) अन्तरबैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौतासँगै हिमालयन बैंक एससीटीको ‘स्मार्टपे नेटवर्क’मा आबद्ध भएको छ। अब स्मार्टपे आइबिएफटीमार्फत अन्य बैंक तथा वित्तीय संस्थाका खाताहरूबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदानप्रदान गर्न सकिने बैंकले जनाएको छ।

एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको यस सेवाले सहभागी बैंक, वित्तीय संस्था, डिजिटल वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले कार्ड सेवाका साथै एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ र स्मार्ट क्यूआरलगायतका डिजिटल भुक्तानी सेवा प्रवाह गर्दै आएको छ।

असोज ११, २०८३ आइतबार १४:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।