माइडियाको दसैं अफरमा क्यासब्याकदेखि रेफ्रिजरेटरसम्म उपहार

माइडियाको दसैं अफरमा क्यासब्याकदेखि रेफ्रिजरेटरसम्म उपहार

काठमाडौं : होम एप्लायन्सेस ब्रान्ड माइडियाले दसैंलाई लक्षित गरेर ३७ हजार ७०० सम्मको क्यासब्याक तथा विभिन्न उपहारसहितको विशेष योजना सार्वजनिक गरेको छ। 

नेपालका लागि माइडियाको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले भदौ २६ गतेदेखि सीमित अवधिका लागि ‘दिस दसैं, ब्रिङ होम द सेलिब्रेसन, ब्युटिफुली योर्स’ नारा दिँदै क्यासब्याक तथा विभिन्न उपहारसहितको विशेष योजना सार्वजनिक गरेको हो। 

माइडियाका घरायसी उपकरण खरिदमा क्यासब्याकका साथै उपकरणअनुसार थप उपहार प्राप्त हुनेछ। जसमा साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी, टप लोडमा ४ केजी र सेमी अटोमेटिकमा २ केजी सर्फ एक्सेल तथा डिशवासर खरिदमा दुई वटा वासिङ ट्याब्लेट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यसैगरी, उपलब्ध क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्नेहरू मध्येबाट हरेक महिना लक्की ड्रमार्फत एक जनालाई साइड बाइ साइड रेफ्रिजरेटर प्रदान गरिनेछ। कम्पनीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा तथा छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टीसमेत दिएको छ।

माइडियाका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिशवासरलगायतका उत्पादन देशभर रहेका २२ वटा सीजी डिजिटल सोरुम, आधिकारिक डिलर नेटवर्क तथा अनलाइन (cgdigital.com.np) मार्फत उपलब्ध छन्।

असोज ११, २०८३ आइतबार १४:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।