भोटेकोशी बाढीपीडितका लागि अमेरिकास्थित प्रवासी नेपालीद्वारा २ लाख २६ हजार डलर सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि अमेरिकामा रहेका प्रवासी नेपालीहरूले दुई लाख २६ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई अमेरिकास्थित प्रवासी नेपाली संघ-संस्थाका प्रतिनिधिहरूले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार आज न्युयोर्कमै एक कार्यक्रमबीच उक्त चेक हस्तान्तरण गरिएको हो।
तीनवटा प्रवासी संस्थाले प्रदान गरेका उक्त रकममध्ये एन एच नेपाली समाजबाट एक लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीबाट ९३ हजार र गुरुङ सोसाइटीबाट १३ हजार अमेरिकी डलर प्राप्त भएको हो।
मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग गरेकामा तीन वटै संस्थाप्रति आभार व्यक्त गरे।
असोज ११, २०८३ आइतबार ११:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।