एफएनसीसीआईको यातायात तथा पारवहन समिति उपसभापतिमा पौडेल मनोनीत
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले अटोमोबाइल व्यवसायी मेघराज पौडेललाई महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरेको छ।
महासंघको कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिइएको हो।
यातायात तथा पारवहन क्षेत्रका विद्यमान चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका नीतिगत कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको व्यावसायिक अनुभव र सक्रियताले योगदान पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।
हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक रहेका पौडेल अटोमोबाइल व्यवसाय र नीतिगत सुधारको क्षेत्रमा सक्रिय छन्।
नेपालमा ‘रोयल इन्फिल्ड’को बजार विस्तारको सुरुआती चरणदेखि संलग्न उनी कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिका विषयमा निरन्तर पैरवी गर्दै आएका छन्।
असोज ९, २०८३ शुक्रबार १७:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।