कन्टेन्ट क्रिएटर र ब्रान्डलाई जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

कन्टेन्ट क्रिएटर र ब्रान्डलाई जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

काठमाडौँ : डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई सहज बनाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित प्लेटफर्म इनमार्क (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ।

राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल-इन-वन अपरेटिङ सिस्टम’का रूपमा यो प्लेटफर्म सार्वजनिक गरिएको हो।

विश्वव्यापी रूपमा ४ सय अर्ब डलरभन्दा बढीको आकार ओगटिसकेको क्रिएटर इकोनोमी नेपालमा अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामै निर्भर छ। यसअघि कन्टेन्ट क्रिएटरहरूले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने झन्झट व्यहोर्दै आएका थिए।

त्यसैगरी, ब्रान्डहरूलाई पनि आफ्नो उत्पादन र लक्षित दर्शकसँग मेल खाने उपयुक्त क्रिएटर पहिचान गर्न र सयौँ क्रिएटरहरूसँग म्यानुअल समन्वय गर्न कठिन हुने गरेको थियो। इनमार्कले डेटा र एआई इन्टेलिजेन्सको मद्दतबाट यी सम्पूर्ण समस्याको अन्त्य गर्दै दुवै पक्षलाई सीधै जोड्ने काम गर्ने कम्पनीले जानकारी दिएको छ।

कन्टेन्ट क्रिएटरहरूका लागि फाइदा

प्लेटफर्ममा आबद्ध भएपछि क्रिएटरहरूले काम खोज्न समय खेर फाल्नु नपर्ने कम्पनीले जनाएको छ। इनमार्कको एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल पुर्याउनेछ।

यसका साथै, स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्नेछ। मूल्य निर्धारण, सम्झौताका सर्तहरू र कन्टेन्टको बौद्धिक स्वामित्व सुरक्षित रहने हुँदा क्रिएटरहरूले ब्रान्ड सहकार्यमार्फत नियमित आम्दानी गर्न सक्नेछन्।

असोज ८, २०८३ बिहीबार १९:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।