११ अंक बढ्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार

११ अंक बढ्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिन ३६.२५ अंक घटेको नेप्से परिसूचक आज ११.७७ अंकले बढेर २६२९ विन्दुमा कायम भयो। 

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन छ अर्ब ३५ करोडको कारोबार भएकोमा आज पाँच अर्ब ४४ करोडको भयो। 

यसदिन १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने सात कम्पनीको मूल्य स्थिर रह्यो।

आज निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.८३ प्रतिशत बढ्यो। बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार ०.९७ प्रतिशत बढे। निर्जीवन बीमा ०.३३ प्रतिशत घट्यो। 

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट छन्।

असोज ८, २०८३ बिहीबार १६:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।