मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता : ‘बुल’ मेसिन खरिदमा ८० प्रतिशतसम्म कर्जा

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता : ‘बुल’ मेसिन खरिदमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच उपकरण खरिदमा सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका गण्डकी क्षेत्रीय प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बुल मेसिन खरिद गर्दा मेसिनलाई नै धितो मानेर बैंकले बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।

ग्राहकले थप स्थिर सम्पत्ति धितो राखेको खण्डमा प्रचलित कर्जा नीतिअनुसार न्यूनतम ब्याजदरमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुनुका साथै निर्माण व्यवसायमा संलग्न व्यवसायीहरूलाई आवश्यक उपकरण खरिद गर्न सहज वित्तीय सहयोग पुग्ने बैंकले जनाएको छ।

असोज ८, २०८३ बिहीबार १३:१७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।