यामाहाको एक्सएसआर १५५ नयाँ ‘ब्लु’ कलरमा सार्वजनिक, मूल्य कति?
काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्सले भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ अन्तर्गत यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ।
हालै सम्पन्न नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ भएर बजारमा बलियो पकड बनाएको यस नियो-रेट्रो मोटरसाइकललाई चाडपर्वको अवसर पारेर थप सुलभ विकल्पका रूपमा नयाँ रंगमा प्रस्तुत गरिएको हो।
ग्राहकहरूको तीव्र मागलाई सम्बोधन गर्न नयाँ कलर थपिएको एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले बताएका छन्।
भृकुटीमण्डपमा असोज १० गतेसम्म चल्ने यस एक्सचेन्ज मेलामा अवलोकनकर्ताले नयाँ ब्लु एक्सएसआर १५५ को टेस्ट राइड गर्न पाउनेछन्।
साथै, ५० भन्दा बढी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना दुईपाङ्ग्रे सवारी साटेर उत्कृष्ट मूल्याङ्कन र चाडपर्व अफरसहित नयाँ यामाहा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले यसको सुरुवाती मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ।
असोज ८, २०८३ बिहीबार १३:१४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।