तीन लाख मुनि झर्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। यसदिन सुन तोलामा तीन हजार दुई सय र चाँदी ६५ रूपैयाँ रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदी तोलामा चार हजार छ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार प्रतितोला चार हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो।
असोज ८, २०८३ बिहीबार ११:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।