सेयर बजार राताम्य : १३ वटै उपसूचक घट्दा ६ अर्ब ३५ करोडको कारोबार
काठमाडौं : साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार घटेको छ। अघिल्लो दिन ७.०६ अंक बढेको नेप्से परिसूचक आज ३६. २५ अंकले घटेर २६१८ विन्दुमा कायम भयो।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन सात अर्ब चार करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो। यसदिन २३ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।
आज सबै समूहका उपसूचक घटेका छन्। जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे।
धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् छन्।
असोज ७, २०८३ बुधबार १५:३२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।