बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो, करातेका तेन्जिङ शेर्पाले जिते कास्य
काठमाडौं : जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ।
करातेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन्।
उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन। त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए।
असोज ७, २०८३ बुधबार १२:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।