सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
यस दिन सुनको मूल्य तोलामा एक सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ।
मंगलबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
असोज ७, २०८३ बुधबार ११:४४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।