नेप्से ७ अंकले बढ्यो, ७ अर्ब ५ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा कायम भयो।
यसदिन कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन छ अर्ब ७४ करोडको कारोबार भएकोमा आज सात अर्ब चार करोडको कारोबार भयो।
आज अन्य समूह सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे। फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटे।
आज १३८ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। मिडसोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक रहेका छन्।
असोज ६, २०८३ मंगलबार १५:३२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।