टीसीएलको दशैं-तिहार अफर, १ लाख ४२ हजारसम्म क्यासब्याक र उपहार
काठमाडौं : दशैं र तिहारलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले ‘सेलिब्रेट दशैं एण्ड तिहार’ विशेष योजना सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले भदौ २६ गतेदेखि लागू हुने गरी यो अफर ल्याएको हो।
‘ग्रेट मोमेन्ट्स, मेगा क्यासब्याक्स एन्ड गिफ्ट्स’ भन्ने नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका घरायसी उपकरण खरिदमा १ लाख ४२ हजार ५०० रुपैयाँसम्मको क्यासब्याक र शून्य प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दी सुविधा पाउनेछन्।
यसका साथै, विभिन्न उत्पादनको खरिदमा कम्पनीले ८५ र ९८ इन्चका टिभी किन्दा टीसीएल साउन्डबार निःशुल्क, वाशिङ मेसिन किन्दा ६ केजी सर्फ एक्सेल म्याटिक र रेफ्रिजरेटर किन्दा सीजी इन्डक्सन कुकटप र एसी किन्दा जडान नि:शुल्क गरिने व्यवस्था गरेको छ।
यी उत्पादन तथा अफरहरू नेपालभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरुम, डिलर नेटवर्क तथा सीजी डिजिटल प्लेटफर्ममार्फत सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
असोज ६, २०८३ मंगलबार १२:३८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।