काठमाडौंमा ‘एसीसीए बीपीसी क्रिकेट लिग’ हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौंमा ‘एसीसीए बीपीसी क्रिकेट लिग’ हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं : द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेजले काठमाडौंमा चारदिने ‘एसीसीए बीपीसी क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ।

इन्डोर क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ।

खेलकुदमार्फत नेपालको एसीसीए समुदाय, विद्यार्थी तथा पेशाकर्मीहरूबीच आपसी सम्बन्ध, सहकार्य, नेटवर्किङ र टिमवर्कलाई थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ।

प्रतियोगितामा विभिन्न एसीसीए कलेज, प्रदायक संस्था तथा व्यावसायिक फर्मका १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।

शीर्ष प्रायोजक एसीसीए रहेको यस प्रतियोगितालाई विभिन्न शैक्षिक तथा व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन्।

सन् २०१३ देखि सञ्चालित बीपीसीले एसीसीएको उच्चतम मान्यता ‘प्लाटिनम स्टाटस’ प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

असोज ६, २०८३ मंगलबार १२:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।