रोयल इन्फिल्डको ‘वान राइड’मा १५ सय बढी राइडर, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग
काठमाडौं : रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
नेपालभरका २२ वटा अधिकृत डिलर नेटवर्कमार्फत एकैसाथ सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत काठमाडौँमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी थिए। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरी पुगेर सम्पन्न भएको थियो।
सोही अवसरमा रोयल इन्फिल्ड नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले उक्त रकमको चेक एसोसिएसनका पदाधिकारीहरूलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई केवल यात्रामा मात्र सीमित नराखी सामाजिक कार्य र समुदायसँग जोड्दै लैजाने उद्देश्यले सहयोग गरिएको बताए।
कम्पनीले देशभरका राइडरहरूलाई एउटै प्लेटफर्ममा जोड्न तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ।
असोज ६, २०८३ मंगलबार १२:२६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।