सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि ३० रूपैयाँले घटेको छ।
सोमबार प्रतितोला चार हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सातसय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
असोज ६, २०८३ मंगलबार ११:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।