“विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको छैन”

“विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको छैन”

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले विद्युत् महसुलमा लागेको भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति नभएको दाबी गरेको छ।

सचिवालयले ह्वाट्सएप समूहमा प्रमुख स्वकीय सचिव नविन ढुंगानाले राखेको स्पष्टीकरणमा अर्थमन्त्रीले सो विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको उल्लेख छ।

विद्युतको भ्याट सन्दर्भमा अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राखेको धारणाअनुसार सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको उल्लेख छ।

असोज ५, २०८३ सोमबार २०:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।