सुनको मूल्य घट्दा चाँदी महंगियो

सुनको मूल्य घट्दा चाँदी महंगियो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। सोमबार सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने १० रूपैयाँ बढेको छ।

आइतबार प्रतितोला चार हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

असोज ५, २०८३ सोमबार ११:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।