बजाजद्वारा दशैँलक्षित निःशुल्क चेकअप क्याम्प सुरु, सर्भिसिङ र पार्ट्समा विशेष छुट

बजाजद्वारा दशैँलक्षित निःशुल्क चेकअप क्याम्प सुरु, सर्भिसिङ र पार्ट्समा विशेष छुट

काठमाडौं : नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बजाज मोटरसाइकलले देशभर ‘राष्ट्रिय निःशुल्क चेकअप क्याम्प’ सुरू गरेको छ।

असोज ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकले नेपालभरका कुनै पनि आधिकारिक बजाज सर्भिस सेन्टरमा गई आफ्नो मोटरसाइकलको निःशुल्क परीक्षण गराउन सक्नेछन्।

परीक्षणका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने अवस्था आएमा कम्पनीले विशेष छुटको व्यवस्था गरेको छ। जसअनुसार लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट पाइनेछ।

चाडपर्वको समयमा लामो दूरीको यात्रा हुने भएकाले यात्रा सुरक्षित र झन्झटमुक्त बनाउन पूर्वसावधानी स्वरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ। यस अफरको लाभ लिन ग्राहकले कुनै छुट्टै क्याम्पमा जानु नपर्ने र नजिकैको बजाज सर्भिस सेन्टरबाटै सेवा लिन सक्नेछन्।

थप जानकारीका लागि बजाजको २४ सै घण्टा खुल्ला रहने हेल्पलाइन नम्बर १६६००१७५५५५ वा ९८०१५७५५५५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

असोज ५, २०८३ सोमबार १०:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।