सिप्रदीको आधिकारिक सर्भिस सेन्टर ‘जाल्पादेवी अटोवर्क्स’मा अब राति ९ बजेसम्म सेवा

सिप्रदीको आधिकारिक सर्भिस सेन्टर ‘जाल्पादेवी अटोवर्क्स’मा अब राति ९ बजेसम्म सेवा

काठमाडौं : टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकलाई लक्षित गर्दै काठमाडौंको सितापाइलामा रहेको सिप्रदीको आधिकारिक सर्भिस सेन्टर ‘श्री जाल्पादेवी अटोवर्क्स’ले आफ्नो सेवा समय विस्तार गरेको छ।

आगामी २०८३ असोज १ गतेदेखि लागू हुने गरी उक्त सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा दिने भएको हो।

यसअघि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको सेन्टरले ग्राहकको समय र व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि लम्ब्याएको हो।

यो नयाँ व्यवस्थासँगै दिनभर गाडी चलाउने मालवाहक तथा यात्रुवाहक सवारीधनीले आफ्नो काम प्रभावित नपारी साँझ वा रातिको समयमा सर्भिसिङ गराउन सक्नेछन्। यसले गाडी थन्किने समय (डाउनटाइम) कम भई ग्राहकको आम्दानी बढ्ने कम्पनीको विश्वास छ।

नक्कली र अवैध पार्ट्सले गाडीको इन्जिनलगायत प्रणालीमा पुर्याउने क्षति रोक्न जाल्पादेवी अटोवर्क्सले विशेष ध्यान दिएको छ। यहाँ अत्याधुनिक उपकरण, ‘टाटा जेन्युन स्पेयर पार्ट्स’ र दक्ष प्राविधिकद्वारा उच्चतम सुरक्षा मापदण्डअनुसार छिटो तथा भरपर्दो सेवा उपलब्ध गराइने सिप्रदीले जनाएको छ।

असोज ५, २०८३ सोमबार १०:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।