यामाहाले ब्लु फेस्टको दोस्रो श्रृंखला हुँदै
काठमाडौं : यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।
असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने ब्लु फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। यो मेलाले ग्राहकहरूलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनहरूमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्ने अवसर दिने कम्पनीले जानकारी दिएको छ।
सो कार्यक्रममा देशभरका राइडरहरूलाई आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्ने, आगन्तुकहरूले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्याङ्कन गराउन सक्ने र यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिने कम्पनीले जानकारी दिएको छ।
ग्राहकले आफ्नो पुरानो सवारीसाधनबाट नयाँ यामाहामा सहज र छिटो अपग्रेड गर्दा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर प्राप्त गर्ने, नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराइने र ४० महिनासम्मको कम ईएमआई योजना रहने कम्पनीले जानकारी दिएको छ।
एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लु फेस्टमार्फत् नेपाली राइडरलाई प्रविधि र प्रदर्शनका क्षेत्रमा यामाहाले कायम गरेका विश्वस्तरीय मापदण्डको नजिक ल्याउने बताए।
असोज ४, २०८३ आइतबार २०:४३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।